देउखुरी । राप्ती गाउँपालिकाले पालिका भित्रका सवै विद्यालयमा जंकफुड निषेध गरेको छ । विद्यालय रहेको चारकिल्ला एक सय मिटर वरपर जंक फुड तथा कोल्ड ड्रिङक जन्य वस्तुको विक्रि वितरणमा रोक लगाउने निर्देशन जारी गरेको हो ।

राप्ती गाउँ कार्यपालिकाको असार १९ गते बसेको बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तिय संस्था लगायतले सार्वजनिक कार्यक्रम सञ्चालन गदाए प्लाष्टिकका फुल, खादा आदाी तथा कोल्ड ड्रिङक, जंक फुडहरुको प्रयोग नगर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वनयनका लागी पालिकाले निर्देशन जारी गरेको छ ।
प्लास्टिक जन्य वस्तुको सट्टा स्थानीय स्तरमा उत्पादन भएका फुल तथा पुष्पजन्य वस्तुहरुको प्रयोग गर्न अपिल गरेको छ । जंक फुडका सट्टा स्थानीय स्तरमा उत्पादन हुने फलफूल अन्न(धान, मकै, गहुँ आद), अण्डा, तरकारी तथा दलहन(सागसब्जी, गोभि, काउली, आलु, केराउ, चना) आदीबाट बनेका खाना तथा खाजाको मात्र विक्रि वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भयाे ।
यसैगरी राप्ती गाउँपालिकाले गरुङगो झोला बोकेर विद्यार्थी विद्यालय आउने बाध्यता हटाउने भएको छ । विद्यार्थी गरुङ्गो झोला नबोकी विद्यालय आउने वातावरण मिलाउन नीजि तथा सामुदायिक विद्यालयलाई निर्देशन जारी गरिएको छ ।‘गरुङ्गो झोला वोक्दा बालबालिकाको वृद्धि विकास साथै टाउको तथा हड्डीमा समेत नकारात्मक असर पर्ने देखिएकाले अव उप्रान्त त्यस प्रकारको गरुङ्गो झोला नबोक्नेगरी व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन गर्न र विद्यालय मार्फत अभिभावकलाई जानकारी गराउन अनुरोध गर्दछौं’विद्यालयले जारी गरिएको निर्देशन पत्रमा भनिएको छ ।

तपाईको प्रतिक्रिया