दाङ- दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गढवा गाउँपालिका-५ बाँकी निवासी ३६ बर्षिय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिए।
मंगलबार बेलुका पौने ८ बजेको समयमा पूर्वबाट पश्चिम गढवा बजार तिर आउँदै गरेका रा १ त ३४२९ नम्बरको ट्याक्टरमा सोही दिशाबाट गढवा तर्फ आउँदै गरेको रा ६ प १७६९ को मोटरसाइकल गढवा गाउँपालिका -५ बाँकी चोकमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा रिजाल गम्भीर घाइते भएका थिए । उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बम घटनास्थल पुगेर गम्भीर घाइते रिजाललाई उपचारका लागि लमही अस्पताल पठाएका थिए। ट्याक्टर चालक र ट्याक्टर गढवा प्रहरीको नियन्त्रणमा छ ।

तपाईको प्रतिक्रिया