देउखुरी । दाङ-देउखुरीको राप्ती गाउँपालिकाका सबै विद्यालय ३ दिनका लागि बिदा गरिएको छ ।

केही दिनदेखिको तराइमा शितलहर सँगै चिसाे बढिरहेको कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर तथा प्रभाव पार्ने देखिएकाले गाउँपालिकाले एक सुचना जारी गरि ३ दिनका लागि विद्यालय बिदा गरिएको जनाएको छ।
गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पुष १६ गतेदेखि १८ गते ३ दिनका लागि विद्यालयकाे पठनपाठन स्थगन गर्दै सबै विद्यालयहरु बिदा गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।

३ दिन पछि पनि मौसममा सुधार नआएको खण्डमा उक्त विदालाई पुनः थप गर्ने समेत जारी सुचनामा उल्लेख गरिएको छ ।
हिउँदे विदाबाट कट्टी हुने गरी विद्यालयहरु बन्द गरिएको हो ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया