दाङ । न्यु भिक्टोरिया ट्युसन सेन्टर लमहीले निम्न माध्यमिक तहको शिक्षक लाइसेन्स परीक्षामा सफलता हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ ।

हालै सम्पन्न लाइसेन्स परीक्षामा सहभागी ४७ जना मध्ये ३६ जना विद्यार्थी सफल भएपछि एक औपचारिक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा ट्युसन सेन्टरका व्यवस्थापक सत्यपाल यादवले सफल विद्यार्थीलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले निरन्तर मेहनत, सही मार्गदर्शन र अनुशासनका कारण उल्लेखनीय नतिजा हासिल गर्न सम्भव भएको बताउनुभयो ।
सम्मानित विद्यार्थीहरूले ट्युसन सेन्टरले दिएको शैक्षिक सहयोग, नियमित कक्षा र प्रेरणाका कारण आफूहरू सफल हुन सकेको अनुभव साझा गरेका थिए ।
कार्यक्रममा शिक्षक, अभिभावक तथा ट्युसन सेन्टरसँग आबद्ध व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो । न्यु भिक्टोरिया ट्युसन सेन्टरले आगामी दिनमा पनि शिक्षक लाइसेन्स तयारी कक्षालाई थप प्रभावकारी बनाउँदै शैक्षिक क्षेत्रमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया