सरल जीवनशैली र दृढ प्रतिबद्धताका प्रतीक रेवतीरमण शर्मा घिमिरे

 

 

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा घिमिरे सरल जीवनशैली, दृढ राजनीतिक प्रतिबद्धता र भरोसायोग्य नेतृत्वका कारण पार्टीभित्र मात्र होइन, गाउँदेखि दुरदराजसम्म परिचित नाम हुनुहुन्छ । उहाँलाई धेरैले आशा र भरोसाको नेतृत्वका रूपमा चिन्दछन् ।

घिमिरेको जीवनशैली सधैं सरल र साधारण रहँदै आएको छ । पद, हैसियत र जिम्मेवारी बढ्दै जाँदा पनि उहाँले आफ्नो मूल स्वभाव परिवर्तन गर्नुभएको छैन । यही सरलता र इमानदार व्यवहारले उहाँलाई कार्यकर्ता र आम नागरिकबीच विश्वासिलो बनाएको देखिन्छ ।

क्याम्पसमा अध्यापन गराउँदै आएको सुरक्षित जागिर त्यागेर कम्युनिस्ट आन्दोलनमा होमिने निर्णय लिनु उहाँको राजनीतिक जीवनको निर्णायक मोड बन्यो । व्यक्तिगत सुविधाभन्दा विचार र आन्दोलनलाई प्राथमिकतामा राख्ने त्यागी नेताको रूपमा उहाँको पहिचान त्यहीँबाट स्थापित भएको मानिन्छ ।

पार्टीको जिम्मेवारीमा रहँदा घिमिरे सधैं काममा दृढ र जिम्मेवारीप्रति गम्भीर देखिनुहुन्छ । संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टीका नीति र निर्णय कार्यान्वयनमा उहाँले देखाएको निरन्तरताले उहाँलाई पार्टी नेतृत्वको भरोसायोग्य पात्र बनाएको छ । गाउँ, बस्ती र दुर्गम क्षेत्रसम्म पुगेर संगठनलाई बलियो बनाउने उहाँको भूमिकाले स्थानीय तहमा समेत गहिरो छाप छोडेको छ ।

प्रदेश सभा सदस्यका रूपमा काम गर्दा घिमिरेले सन्तुलित विकास र समृद्धिको एजेन्डालाई प्रमुख रूपमा उठाउनुभयो । भौतिक पूर्वाधार मात्र होइन, शिक्षा, सामाजिक विकास र समान पहुँचलाई जोड दिँदै उहाँले दीर्घकालीन सोचसहित नीति बहस गर्नुभयो । त्यसैले उहाँलाई धेरैले दूरदर्शी नेता का रूपमा लिन्छन् ।

हाल एमाले केन्द्रीय लेखा आयोग सदस्यको जिम्मेवारीमा रहनुभएका घिमिरे पार्टीभित्र वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने काममा सक्रिय हुनुहुन्छ । संगठनलाई बलियो बनाउने आधार नै स्वच्छ आन्तरिक व्यवस्थापन हो भन्ने विश्वासका साथ उहाँ आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुहुन्छ ।

सरल जीवन, स्पष्ट विचार, त्याग र निरन्तर संघर्षको यात्राले रेवतीरमण शर्मा घिमिरेलाई आज एमालेभित्र एक अनुभवी, भरोसायोग्य र भविष्यप्रति आशा जगाउने नेताको रूपमा स्थापित गरेको छ । पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा घिमिरेलाई केन्द्रीय सदस्यका रूपमा उभ्याउनुपर्ने चाहना नेता, कार्यकर्ता र सुवेच्छुकहरूमा व्यापक रूपमा देखिन्छ ।

तपाईको प्रतिक्रिया