दाङ । दाङ प्रहरीले चोरीका ६ वटा मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

प्रहरीले विभिन्न स्थानबाट तीन जना व्यक्तिलाई ६ वटा मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइकल सार्वजनिक गरेको हो ।
प्रहरीले शुक्रबार सार्वजनिक गरेकाहरूमा रोल्पा रुन्टिगढी गाउँपालिका-९ घर भइ हाल घोराही उपमहानगरपालिका-१४ निवासी ३० वर्षिया भानुभक्त बाठा, तुलसीपुर उपमहानगरपालिका-१९ घर भइ हाल घोराही उपमहानगरपालिका-११ निवासी २१ वर्षिय मदन पुन र तुलसीपुर उपमहानगरपालिका-१८ निवासी १८ वर्षिय बादल नेपाली रहेका छन् ।
चोरीमा संलग्नहरु माथि अनुसन्धान भइरहेको र कानुन बमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिए।
पक्राउ प्रतिवादीहरूलाई मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ को परिच्छेद २० को दफा २४१ को उपदफा १ ले परिभाषित गरेको कसुरमा सोही परिच्छेदको दफा २४२ को उपदफा २ बमोजिम ३ वर्ष सम्म कैद र ३० हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया