देउखुरी । राप्ती गाउँपालिका १, भालुवाङ स्थित एक होटलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आइतबार होटलमा बास बसेका पुरुषको जानकारी होटल संचालकले प्रहरीलाई सोमबार बेलुका ८ बजे दिएका थिए ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार मृतक महाकाली नगरपालिका १, दार्चुलाका ५२ वर्षिय जयधनसिंह बराल रहेका छन् । बरालको मृत्यु के कारणले भएको भन्ने अझै खुल्न सकेको छैन । उनको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल पठाईएको प्रहरी जनाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया