राप्ती उद्योग वाणिज्य संघको कार्यसमिति पूर्णताः २ उपाध्यक्षसहित ४ जना चयन

 

 

देउखुरी । राप्ती उद्योग वाणिज्य संघले २ जना उपाध्यक्ष सहित ४ जनालाई चयन गरेको छ । सोमबार बसेको संघको २६ औं बैठकले २ जना उपाध्यक्ष सहित एक जना सह कोषाध्यक्ष र एक जना मनोनित सदस्य चयन गरेको हो ।

विधान अनुसार कार्यसमितिलाई पूर्णता दिन उपाध्यक्षमा बिनोद पाण्डे र हिमानन्द पाण्डे, सह कोषाध्यक्षमा बिजुला केसी र मनोनित सदस्यमा माधव श्रेष्ठलाई चयन गरिएको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए ।

संघको सातौ अधिवेशनबाट विधान संसोधन गर्ने प्रस्ताव अनुसार २०८२ भाद्र १ गतेकादिन संशोधित विधान जिल्ला प्रसाशन कार्यालय दाङबाट स्वीकृत भएको तेस्रो संसोधन विधानको परिक्षेद ४ दफा १२ को १ क) बमोजिम कार्यसमितिलाई पूर्णता दिईएको संघले जनाएको छ ।

संसोधित विधान अनुसार कार्यसमितिले पूर्णता पाएको हो । संसोधित विधान अनुसार कार्यसमिति १७ जनाको हुने छ । यस अघि संघमा १३ जनाको समिति रहेको थियो ।

तपाईको प्रतिक्रिया