पाल्पामा भदौ १ गते सार्वजनिक विदा

दाङ-लुम्बिनी प्रदेश सरकारले आगामी भदौ १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक विदा दिने भएको छ ।

 

प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले विदा दिने निर्णय गरिएको हाे । नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन भव्य रूपमा भगवती जात्रा मनाउनेगरिएको छ ।

तपाईको प्रतिक्रिया