स्वास्थ्य कार्यालय दाङमा ठगबहादुर गुरुङको जिम्मेवारी

दाङ । पाँच वर्षदेखि निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालय दाङको कार्यालयको प्रमुखको जिम्मेवारी जनस्वास्थ्य प्रशासक ठगबहादुर गुरुङ लाई दिइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयअनुसार कार्यालय प्रमुखमाको रुपमा गुरुङलाई पठाइएको हो ।

 

एमपिएच अध्ययन गरेका गुरुङ स्वास्थ्य क्षेत्रको गहिरो अनुभव र दक्षताका कारण परिचित जनस्वास्थ्यकर्मी हुन् । यसअघि जनस्वास्थ्य अधिकृतका रूपमा स्वास्थ्य सेवा विभागमा कार्यरत गुरुङ लुम्बिनी प्रदेश लोक सेवा आयोगबाट २०८१ चैत २० गते नवौं तहमा सिफारिस भएका थिए ।

करीब दुई महिनादेखि लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत गुरुङले अब दाङमा स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र कार्यक्षमता वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया