देउखुरी । रोटरी क्लब अफ राप्तीको तेस्रो पदस्थापन कार्यक्रम भालुवाङको होटल पौवामा सम्पन्न भएको छ । वर्ष २०२५/०२६ का अध्यक्ष गोपाल आचार्यले सपथ ग्रहण गदैं आफ्नो कार्यकाल सरु गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष गोपाल आचार्यले वार्षिक कार्ययोजना सार्वजनिक गर्दै राप्ती गाउँपालिका भित्र अध्ययनरत विद्यार्थीहरुको वाथमुटु रोग परिक्षण गर्ने योजना रहेको बताउर्दै यसका अलावा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा थप रचनात्मक काम गरी क्लवलाई सक्रिय बनाइराख्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको उद्घाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद धोजुले रोटरी क्लवमा आवद्ध युवाहरुमा केही नयाँ गरौं भन्ने हुटहुटी रहेको बताए । ‘जहिले देखी यो क्लव गठन भयो, म संगै जोडिएको छु’ उनले भने, ‘यहाँ जोडिएका साथिहरुमा नयाँ गरौं भन्ने हुटहुटी देखीरहेको छु ।’ आफ्नो व्यस्तताकाबीच समाजसेवाका लागि समय निकालेर अघि बढ्नु नै रोटरीयनहरुको धर्म र कर्तव्य रहेको भन्दै उनले स्वार्थरहितको समाजसेवाका लागेकोमा धन्यवाद व्यक्त गरे । ‘यहाँ सम्भावना धेरै छन् । यहाँहरुले थालेका अभियानले सार्थकता पाउने छन्’ उनले भने, ‘यो नयाँ क्लव हो । तर, यसले गर्ने कामले यसलाई स्थापीत गर्छ ।’

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले डिष्ट्रिक ३२९२ संग सहकार्य गदै राप्ती गाउँपालिका भित्र रहेको एक विद्यालयमा कम्प्युटर ल्याव स्थापना गर्ने लक्ष्य रहेको बताए । यसका लागि डिष्ट्रिक ३२९२ सँग पुलको काम गर्न क्लवका एजी वीरु राउत लाई अनुरोध समेत गरेका छन् ।
वर्ष २०२४/०२५ का अध्यक्ष तथा निवर्तमान अध्यक्ष तपराज आचार्यले एक वर्षभित्र क्लबले गरेका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराएका थिए । त्यसै गरी आफ्नो कार्यकालमा साथ सहयोग गरी सफल बनाउन लाग्ने रोटरीयनहरुलाई उनले धन्यवाद व्यक्त गरे ।
यसैगरी क्लवका एजी वीरु राउतले समाज रुपान्तरणको लागी रोटरीको भूमिका रचनात्मक रहेको बताउदै नेतृत्वले थप रचनात्मक र प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।
रोटरीले शिक्षा, स्वास्थ्य, समाज विकास, नेतृत्व विकास, युवा सशिक्तकरणको क्षेत्रमा रचनात्मक काम गर्दै आएको छ । युवाहरुको सहभागीतामा रोटरी क्लव राप्तीले समाजको मन जित्न सफल भएको छ ।
क्लबको वर्ष २०२५/२६ को सचिवमा दोर्ण प्रसाद आचार्य, कोषाध्यक्षमा दुर्गा बस्नेत, निवर्तमान अध्यक्षमा तपराज आचार्य, प्रेसिडेन्ट इलेक्टमा बसन्त गिरी, प्रेसिडेन्ट नोमिनीमा मोहन आचार्य, उपाध्यक्षमा हिमानन्द पाण्डे र खुमलाल पोख्रेल, क्लब एडमिन्स्ट्रेटिभ चेअरमा पिताम्बर रोकाया, मेम्बरसिप चेअरमा विजुला केसी, पब्लिक इमेज चेअरमा श्याम न्यौपाने, सर्भिस प्रोजेक्ट चेअरमा बासुदेव न्यौपाने, द रोटरी फाउण्डेशन चेअरमा सितल रिजाल र सर्जन एट आम्र्समा अन्जना पोख्रेल रहेका छन् ।
त्यसै क्लवमा नयाँ सदस्यको रुपमा आवद्ध भएका आशिष रेग्मी, चेतन सारु, कमल केसी र विष्णु प्रसाद चौधरीलाई पिन प्रदान गरिएको थियो । हाल क्लवमा २९ जना सदस्यहरु रहेका छन् ।
क्लवले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । स्थापना भएको पहिलो वर्षमा नै रोक्टरी क्लव अफ राप्तीले विभिन्न विधा मध्ये रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ बाट ४ वटा अवार्ड पाउन सफल भएको थियो । हाल क्लवले रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को विशेष सहयोगमा श्री आर्दश नमुना मा वि लालमटियामा छात्रा चौशालय निमार्ण कार्यको अन्तिम चरणमा रहेको छ ।

तपाईको प्रतिक्रिया