
देउखुरी । रोटरी क्लव अफ राप्तीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवले राप्ती गाउँपालिका वडा नं. २ हर्से डाँडामा आज विहान वृक्षारोपण गरेको हो । क्लवका वर्ष २०२५–२६ का अध्यक्ष रो. गोपाल गोपाल आचार्यको नेतृत्वमा २ सय विरुवा रोपिएको हो ।
कपुर, चिउरी, कल्की फुल, अव्रक, कागती, टिमुर लगायतका २ सय विरुवा रोपिएको क्लवका अध्यक्ष गोपाल आचार्यले जानकारी दिए ।
रोटरी डिस्ट्रिक ३२९२ को निर्णय अनुसार आज नेपालमा रहेका एक सय ६१ रोटरी क्लवहरुले एकै पटक वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष पहलमान चौधरी, कालिका सामुदायीक बन उपभोक्त समिति तथा रोटरी क्लवमा कार्यसमिति तथा सदस्यहरुको उपस्थिती रहेको छ ।



लेखकको बारेमा

तपाईको प्रतिक्रिया