देउखुरीका चार स्टार

दाङ-हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देउखुरी क्षेत्रका चार विद्यालयका चार जना विद्यार्थीले जिपिए ४ ल्याउन सफल भएका छन् । गोरखा मोडल सेकन्डरी स्कूल लमहीबाट मिलन खनाल, जनज्योति स्कूल लमहीमा अध्ययनरत जेसिका शर्मा, पब्लिक एजुकेशन एकेडमी लालमटियाबाट आषिका शर्मा र आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाबाट सन्दीप गिरीले जिपिए ४ ल्याउँदै इतिहास रचेका हुन् ।

 

उत्कृष्ट नतिजासँगै देउखुरी क्षेत्रमा खुलेका शैक्षिक संस्थाहरुले शैक्षिक उपलब्धिमा अब्बलता देखाउन थालेका छन् । संस्थागत विद्यालयहरूसँग प्रतिस्पर्धा गर्दै सामुदायिक विद्यालयहरूबाट पनि उत्कृष्ट नतिजा आउन थालेको छ ।

विद्यालयहरूले परिणाम सुधार गर्न थालेपछि अभिभावक र अध्ययनरत विद्यार्थीहरूमा उत्साह र खुसी छाएको छ । समुदायमा गुणस्तरीय शिक्षा दिनुपर्ने अपेक्षालाई सम्बोधन गर्दै विद्यालयहरू नतिजा सुधारको यात्रामा लागेका छन् ।

शिक्षा क्षेत्रको यस्तो सकारात्मक प्रगति देउखुरी क्षेत्रको उज्ज्वल शैक्षिक भविष्यको संकेत मानिएको छ ।

-‘चार स्टार’ हुनु पर्नेमा अन्यथा भएको हुँदा सच्चाइएको छ ।

तपाईको प्रतिक्रिया