राप्ती । राप्ती गाउँपालिका ३ श्रीचौरस्थित एक घरमा सञ्चालित अबैध प्लास्टिकका कुर्सीको गोदाममा राप्ती उद्योग वाणिज्य संघले छापा मारेको छ।

स्थानीय व्यापारीको गुनासोपछि संघले पोके तथा कुम्ले नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालयको सहयोगमा उक्त गोदाममा रितपूर्वक छापा हानेको हो।

धनकला सुनारको घर भाडामा लिएर सञ्चालन गरिएको उक्त गोदाममा विगत एक हप्ता देखि कारोबार हुँदै आएको थियो। गोप्य सूचनाका आधारमा गरिएको छापामा करिब ३३ वटा कुर्सी बरामद गरिएको छ भने प्रारम्भिक अनुमान अनुसार करिब १ हजार कुर्सीको अबैध बिक्री वितरण भइसकेको देखिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख पुष्कर सिंह ऐरीले जानकारी दिए ।

कुनै पनि फर्म दर्ता नगरी प्लास्टिकका कुर्सी अबैध रुपमा बिक्री वितरण हुदै आएको पाइएको छ। बरामद कुर्सीहरु आन्तरिक राजस्व कार्यालय, तुलसीपुरमा पठाइएको प्रहरी प्रमुख ऐरीले जानकारी दिए । कुर्सीसहित उक्त सामाग्री विक्री वितरण गर्ने भारत उत्तर प्रदेश सितापुर जिल्ला मुसियाना सोनारे बस्ने वर्ष २५ का बुनियाद र सोही ठाउँ बस्ने वर्ष ३२ का इस्तियाकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

राप्ती उद्योग वाणिज्य संघले यस्तो अवैध व्यापारले स्थानीय व्यवसायी र बजार प्रणालीमा अस्वस्थ प्रतिस्पर्धा ल्याउने भन्दै कडाइका साथ अनुगमन अगाडी बडाइएको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले बताए ।
मंगलबार संघले कारवाही गरि छाडीएका २ जना भारतिय नागरिक पुन आज कर्सी बेच्दै हिडेपछि संघले उनिहरुको गोदामसम्म पुग्न सफल भएको थियो ।
कुम्ले तथा पोकेहरुलाई प्रवेशमा कडाई गर्ने अभियान अन्तर्गत मंगलबार संघले पाखापानी र मसुरीया क्षेत्रमा अबैध रुपमा बिक्री वितरण हुदै आएको १२ वटा प्लास्टिकका कर्सी नियन्त्रणमा लिइएको र यस क्षेत्रमा विक्री वितरण नगर्ने सर्तमा छाडीएको थियो। व्यवसायीहरूले दिएको सुझाव अनुसार कुम्ले तथा पोके, अव्यवस्थित तथा अवैध रूपमा सामान बेच्न प्रवेश गर्ने गतिविधिमाथि थप कडाइ गरिने अध्यक्ष खड्काले बताए । अध्यक्षका अनुसार व्यवसायीहरूको सुझाव कार्यान्वयन गर्दै अभियान सञ्चालन गरिएको हो।

तपाईको प्रतिक्रिया