लमही सबस्टेशनको स्विच यार्डमा आगलागी, विद्युत् आपूर्ति ठप्प

दाङ – नेपाल विद्युत प्राधिकरणको लमही सबस्टेशनको ११ केभी स्विच यार्डमा आज साँझ करिब ४ बजे आगलागी भएको छ। आगलागीका कारण विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

 

वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगलागी नियन्त्रणमा लिनका लागि १० जना प्रहरी खटाइएको, प्रहरी, स्थानीय बासिन्दा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो।

आगलागीले विद्युतिय उपकरणमा ठूलो क्षति पुर्‍याएको जनाइएको छ। आगलागीपछिको क्षतिग्रस्त संरचनाको मर्मत कार्य हाल भइरहेको छ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा देउखुरी क्षेत्र अन्धकार भएको छ। प्राधिकरणले यथासक्य छिटो मर्मत कार्य सम्पन्न गरी सेवा पुनः सुचारु गर्ने प्रयास भइरहेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया