दाङ – दाङको तुलसीपुरमा गोली प्रहारबाट नारायण आचार्यको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका –७ मोतीपुर निवासी ८३ वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिए। उनको छातीमा गोली लागेको छ ।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गरेका थिए । प्रहरीलाई दिउँसो २ बजे खबर पुगेको थियो । हतियार कोठाभित्रै रहेको प्रहरीले जनाएको छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया