दाङ – दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। १० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

कृष्णनगरबाट लमहीतर्फ जादै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया