दाङमा बस दुर्घटना: २१ यात्रु घाइते

दाङ- दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

 

भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी गढवा गाउँपालिका- ५ चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्किले जानकारी दिइन् ।

चिसापानीको ओरालोमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रु सवार थिए ।

घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया