पक्राउ परेका राप्रपा नेताको रिहाइ माग्दै लमहीमा जुलुस

दाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रजातान्त्रिक युवा संगठन लमही नगरको अगुवाइमा दाङको लमहीमा जुलुस निकालिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कान्छिरोड नजिकबाट सुरु भएको जुलुसले बजारको परिक्रमा गरेको थियो। आन्दोलनका क्रममा पक्राउ परेका नेताहरुको रिहाइको माग राखिएको छ।

 

संबैधानिक हिन्दु राष्ट्र कायम हुनुपर्ने, शान्तिपूर्ण आन्दोलन गर्दा पक्राउ नेताहरुको रिहाइको माग गरिएको छ। यस्तै आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनमा शोक सभासमेत गरिएको छ। टार्जन भण्डारीको नेतृत्वमा जुलुस निकालिएको थियो।

 

 

तपाईको प्रतिक्रिया