देउखुरी । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार राप्ती गाउँपालिका–३ मसुरीयामा सम्पन्न भएको छ ।

अधिवेशनबाट पुन अर्जुन कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् । अधिकारीकै अध्यक्षतामा २ सदस्य पछि मनोनीत गर्ने गरि १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक दामोदर भण्डारीले जानकारी दिए । जस अनुसार वरिष्ठ उपाध्यक्षमा सन्तोष कुमार गुप्ता, खुल्ला उपाध्यक्षमा बलराम शाही (भिसुन), महिला उपाध्यक्षमा हुमा सुनार, महासचिवमा ओमप्रकाश गुप्ता, सचिवमा देवेन्द्रराज कंडेल (श्रीधर) र कोषाध्यक्षमा लक्ष्मी पोख्रेल निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी सदस्यहरूमा मुक्तिराम पौडेल, लालमणी भुसाल, मोतीराम भट्टराई, निसाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका छन् । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री इन्द्रजित थारूको प्रमुख आतिथ्यता एवम् नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य आशा गौतमको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया