अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाईते छन्। त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो। लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा च्यापिएर तिन महिला र एक पुरुषको मृत्यु भएको हो। मृतकको परिचय भने खुलेको छैन।
उद्धारपछि घाईतेहरुलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया