जनजिविका बचत तथा ऋण सहकारी संस्थाले निलसागर आश्रममा मनायो १३औं वार्षिकोत्सव

 

 

देउखुरी । राप्ती गाउँपालिका–१ मा रहेको जनजिविका बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं वार्षिकोत्सव सामाजिक उत्तरदायित्व वहन गर्दै पृथक शैलीमा मनाएको छ।

संस्थाले वार्षिकोत्सव अवसरमा राप्ती गाउँपालिका– ८ मा अवस्थित निलसागर सेवा आश्रममा रहेका सडक सहयोगापेक्षीसँग मनाएको छ । संस्थाले निलसागर सेवा आश्रम मिलनडाडाँमा गई १४ वटा बल्याङ्केट, फलफूल वितरण गरि मनाएको हो ।

 

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगतर रहेर १३औं वार्षिकोत्सवको अवसर पारेर सहयोगापेक्षीहरुलाई सहयोग प्रदान गरेको जनजिविका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिवराज शर्माले बताए । अध्यक्ष शर्माले सहकारीले आउदा दिनमा पनि निलसागरलाई सम्झेर विभिन्न कार्यक्रम अनुसार के कस्ता सहयोग गर्न सकिन्छ, वार्षिका कार्ययोजनामा नै राखेर सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । आश्रममा हाल ४ जना महिला र २० जना पुरुषगरी २४ सहयोगापेक्षी रहेका छन् ।

त्यसैगरी निलसागर आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चौधरीले सहकारीले आश्रममा आई सहयोग गरेकोमा धन्यवाद व्यक्र गर्दै संस्थाको उत्तर उत्तर प्रगतीको कामना गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष शर्मा सहित सचिव गिरीराज पौडेल, कोषाध्यक्ष जगत प्रसाद अधिकारी, सदस्य माधा अधिकारी, घमानसिंह रावत, लेखा समिति सदस्य बासुदेव न्यौपाने, शिक्षा उपसमिति सदस्य दोर्ण अधिकारी, सुर्य प्रसाद सुवेदी, व्यवस्थापक कविता बुढाथोकी लगायको उपस्थिति थियो।

 

यो विशेष पहलले सहकारी संस्था मात्र नभई समग्र समाजले सामाजिक उत्तरदायित्वप्रति संवेदनशील हुनु आवश्यक छ भन्ने सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया