फागुन १४ गते शिवरात्रीका दिन होटल पौवा भालुवाङ्गले ‘भजन किर्तन उल्लास’ मनाउने

देउखुरी । होटल पौवा प्रालिले आफनो ग्राहकलाई लक्षित गरि महाशिवरात्री वर्ष मनाउने भएको छ । ‘शिवरात्रीको प्रसाद, पौवाको स्वाद, संस्कृतिको संरक्षण, भजन किर्तनको उल्लास’ भन्ने नाराका साथ फागुन १४ गते महाशिवरात्रीको अवसरमा आफ्ना देशभरका १७ वटै शाखामा भजन किर्तनको उल्लासका साथ शिवरात्री उत्सव मनाउने भएको हो ।

 

सोही अवसरमा भालुवाङ स्थित होटल पौवाले पनि यस वर्षको महाशिवरात्रीको दिन भजन किर्तन सहित विशेष कार्यक्रम गर्ने भएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गते होटल पौवाले बेलुका ६ बजेदेखि ९ बजेसम्म विशेष भजन किर्तन तथा प्रसाद ग्रहणको कार्यक्रम आयोजना गरिएको होटल पौवा भालुवाङका म्यानेजर श्याम न्यौपानेले जानकारी दिए ।

फागुन १४ गते शिवरात्रीका दिन भजन किर्तन तथा प्रसाद ग्रहण कार्यक्रममा सम्पूर्ण भक्तजनलाई समावेश हुन होटल पौवा भालुवाङका म्यानेजर न्यौपानेले अनुरोध समेत गरेका छन् ।

नेपाली संस्कृतिको संरक्षणमा टेवा पुर्याउँने उद्देश्यका साथ महाशिवरात्री पर्वको अवसरमा भजन किर्तनको साथै प्रसाद ग्रहणको आयोजना गर्न लागिएको म्यानेजर न्यौपानेले जानकारी दिए । शिवरात्री नेपाली संस्कृतिसँग जोडिएको एक महक्तवपूर्ण चाड हो । हरेक पर्वको महत्व संस्कार र संस्कृतिसँग जोडिएको हुन्छ । नेपाली पहिचानसँग जोडिएका संस्कृतिको जगेर्ना गर्ने दायित्व हामी सबैको भएकाले यसको संरक्षणको लागि कार्यक्रम आयोजना गरिएको होटल पौवाले जनाएको छ ।

नेपाली संस्कृतिलाई जगेर्ना गर्ने र धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षपनि नेपाली संस्कृतिको प्रतीक महाशिवरात्रीको अवसर पारेर पौवाका १७ वटै शाखाबाट विशेष भजन किर्तन उल्लास मनाउन लागिएको होटल पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए । ‘नेपाली संस्कृति, परम्परा र धार्मिक महत्वका उत्सवहरुलाई पौवाले आफ्नो आतिथ्य सेवाबाट समृद्ध बनाउने उद्देश्य लिएको छ’, भण्डारीले भने ‘विभिन्न समयमा नेपाली कला संस्कृति, भाषा, धर्म, पर्व र रैथाने खानाहरुलाई प्रवद्र्धन पनि गर्दै आएका छौं ।’

होटल पौवा भालुवाङले ‘नयाँ वर्ष २०८२ विशेष सास्कृतिक साँझ’ समेत आयोजना गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया