
दाङ – कुखुरा बोक्ने पिकअफ गाडीले ठक्कर दिदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ३ पुरन्धारा बस्ने वर्ष ४५ की फुलबारी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
शुक्रबार मध्यान्नको समयमा सतबरियादेखी लमहीतर्फ जाँदै गरेको लु ३ च ३०९० नम्बरको ब्रोइलर कुखुरा बोक्ने पिकअप गाडीले लमही नगरपालिका – ७ को कप्तानगन्जमा ठक्कर दिएको प्रहरीको जनाएको छ । दाङको पुरन्धाराबाट लमही नगरपालिका – ७ कप्तानगन्ज आफन्तकोमा आएर घर फर्किनका लागि उनिहरुले सडक किनारमा बस कुरेर बसेका थिए ।
उक्त दुर्घटनामा परि लमही नगरपालिका ७ नयाँ बस्ति बस्ने वर्ष ६२ की फुलपतिया चौधरी र सोही ठाउँ बस्ने बर्ष ६५ की उदेसनी चौधरी समेत घाइते भएका छन् ।
गाडी चालक लमही नगरपालिका ६ मध्यनगर निवासी वर्ष ३९ का देवलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया