दाङ– गोली हानेर साथीको हत्या गरेको अभियोगमा दाङ प्रहरीले दुई जनालाइ सार्बजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरेर दंगीशरण– २ कौवाघारीमा प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा दंगीशरण– २ कै छविलाल डांगी र पुष्प बस्नेत पक्राउ परेको जानकारी दिएको हो।
छविलाललाई बाँकेको कोहलपुर र पुष्पलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको थियो। माघ ३ गते छविलाल र पुष्पले प्रेमलाई गोली हानेर हत्या गरेका थिए।
उनीहरूले गोली हानेर पनि जिंगटको रूखबाट खसेर घाइते भएको बताएका थिए। प्रेमको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया