दाङ । प्युठानमा डस्टबिनभित्र रहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ।

सरूानरानी गाउँपालिका- २ दर्भानमा बिहीबार बिहान बेवारिसे अवस्थामा डस्टबिनभित्र नवजात शिशुको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार सालनालसमेत नकाटिएको अवस्थामा उक्त शिशुको शव फेला परेको हो। फोहोर संकलन गर्न राखिएको डस्टबिनमा स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।
यसअघि पनि प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशुको फेला परेको थियो।
होटेल आयुष्मा नजिकै जस्ताको छाप्रोमा २०८० साल माघ महिनामै सालनालसहित कपडाले छोपेर झोलुंगोमा राखेको अवस्थामा शिशु फेला परेको थियो।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया