
दाङ–लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु प्रदेशको समग्र स्वास्थ्य सेवालाई सुधार गर्न योजनाबद्ध रुपमा अघि बढेका छन् । उनले स्वास्थ्य सेवालाई नागरिक माझ सहज रुपमा पुर्याउन, अस्पतलात तथा स्वास्थ्य संस्थाको सेवालाई नागरिकमैत्री बनाउनेगरी नीतिगत तथा प्रत्यक्ष अनुभव हुनेगरी सुधारका काम गरेको पाइएको छ ।
प्रदेश भित्रका सरकारी, नीजि तथा सामुदायिक अस्पतालहरुको सेवा र लाग्ने शुल्क सबैले थाहापाउनेगरी सार्वजनिक गर्न लगाएका छन् । मन्त्रालयबाट पठाएको निर्देशनको पालना अस्पताल तथा स्वास्थ्य संस्थाले गर्न थालेको पाइएको हो । प्रदेश मतहतका सबै सरकारी अस्पतालहरुमा शुल्क सहितको नागरिक वडा पत्र राखिएको र नीजि अस्पतलहरुले पनि मन्त्रालयको निर्देशन अनुसार शुल्क सहितको नागरिक वडा पत्र राख्न थालेका छन्। अस्पताल तथा स्वास्थ्य संस्थाहरुले सेवाग्राहीले सहज रुपमा देख्न, पढ्न सक्नेगरी नागरिक वडापत्र टाँस गर्न थालेका छन् ।
‘स्वास्थ्य संस्थाको टिकाट काउन्टरदेखी ल्याव, एक्सरे लगायतका सेवा लिदा शुल्क बुझाउनुपर्ने हुन्छ । तर, त्यो सेवा लिदा कती रुपैयाँ तिर्नुपर्छ भनेर थाहा नपाएको अवस्थामा, अस्पतालमा यसरी टाँस गरिएको सूचनाबाट प्रष्ट थाहा हुने भयो’सेवाग्राही अनिता रेग्मीले भनिन्,‘सेवा शुल्क पारदर्शी हुदा सहज पनि हुनेरहेछ ।’
प्रदेश स्वास्थ्य संस्था स्थापन, संचालन, नविकरण तथा स्तरोन्नति ऐन, २०७६ को दफा २४ मा स्वास्थ्य संस्थाले सेवा शुल्क सहितका नागरिक बडापत्र अनिवार्य रूपमा सार्वजानिक गर्नु पर्ने उल्लेख छ । अहिले त्यही व्यवस्था कार्यान्वयनकालागि स्वास्थ्य मन्त्रालयले निर्देशन जारीगरेपछी कार्यान्वयन हुन थालेको हो । तहगत स्वास्थ्य संस्थामा उपलब्ध सेवा–सुविधाहरू तथा सेवा शुल्क अनिवार्य रूपमा आम जनताले देख्न सक्नेगरी सार्वजनिक स्थानमा राख्न तथा वेबसाईटमा प्रकाशित गर्नुपर्ने र उक्त कार्य सम्पन्न गरी मन्त्रालयमा स–प्रमाण पठाउन निर्देशन जारी गरिएको थियो ।


तपाईको प्रतिक्रिया