भाइरल बालगायक सचिन परियारको निधन

सामाजिक सञ्जालमा भाइरल बालगायक सचिन परियारको निधन भएको छ।

 

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन्।

स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो।आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन।उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले पुष्टि गरेको छ। उनी १३ वर्षका थिए।

सचिनको शव भने अस्पतालबाट निकालिएको छैन।

मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए।बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ। सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन्।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।

तपाईको प्रतिक्रिया