
देउखुरी । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले भब्य रुपमा खेलकुद सप्ताह मनाएको छ । विद्यालयको बार्षिकोत्सवको पूर्वसन्ध्यामा विद्यालयले खेलकुद सप्ताह भब्य रुपमा सम्पन्न गरेको विद्यालयका प्राचार्य लोकमान रिजालले जानकारी दिए ।
गोरखा लमहीको नाम राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुग्नु, यसको चर्चा हुनु गौरवको बिषय भएको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले बताए । अष्ट्रेलियाबाट समेत यस विद्यालयले सम्मान पाउनु यो विद्यालयको मात्र नभएर समग्र नगरपालिकाको गर्वको विषय बनेको नगर प्रमुख चौधरीले भनेका छन् ।
नेपाल सशस्त्र प्रहरी बल ४१ नबर गणका सशस्त्र प्रहरी प्रमुख एसपी गुणराज न्यौपानेले मानव शरीरका लागि खेल विधा नभइनहुने विधाको रुपमा चर्चा गरे ।
खेलकुद विकास समिती दाङका कोषाध्यक्ष ध्रुव आचार्यले खेलकुद क्षेत्रको विकासकोलागि अझैं लगानीको आवश्यकता औंल्याए ।
फुटबल, भलिबल , एथलेटिक्स खेल, कृकेट, बास्केटबल, चम्चा रेस, कुर्सी दौड लगायतका खेलहरुको आयोजना गरिएको थियो । खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयको सातौँ वार्षिक उत्सव यहि पुस १९ गते हुदैछ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका विद्यालय संचालक समितिका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको खेल सप्ताह कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्राचार्य लोकमान रिजालले व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक प्रकाश रिजाल र शिक्षिका शिला रिजालले गरेका थिए ।

तपाईको प्रतिक्रिया