लालमटियामा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किदा एकको मृत्यु

 

 

देउखुरी । दाङको देउखुरीमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका करिव ६ः३० बजेको समयमा राप्ती गाउँपालिका वडा नं. २ लालमटिया(कटेशनाला नजिक) मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किएका हुन् । पश्चिक बाट पुर्व तर्फ जादै गरेको वा ४ ख २२६१ नम्बरको ट्रकले पुर्वबाट पश्चिम तर्फ जादै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरी जनाएको छ ।

घाइतेलाई स्वास्थ्य चौकी भालुवाङ लगिएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको परिचय खुल्न नसेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया