दाङको धारापानी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरे पूजाअर्चना

दशरथ घिमिरे

 

दाङ – पूर्वराजा ज्ञानेन्द्र शाहले दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवेश्वर महादेव धाम धारापानीम पूजा अर्चना गरेका छन्। बाँकेको नेपालगन्ज हुँदै तुलसीपुर आइपुगेका पूर्वराजा शाहले घोराही उपमहानगरपालिका–५ स्थित धारापानी पुगेर पूजाअर्चना गरेका हुन्।

दाङमा उनको भब्य स्वागत गरिएको छ। पाण्डवेश्वर महादेवधाम, धारापानी पर्यटकीय एवम् धार्मिक केन्द्र हो। धारापानीमा ५५ दशमलव ५ फिट उचाइको पञ्चधातु मिश्रित त्रिशूल निर्माण गरिएपछि यसको चर्चाले अन्य जिल्लाबाट पनि यहाँ घुम्न आउने गरेका छन्।

यहाँ १ सय ८ शिवलिंग, एक सय ८ वरपिपल जोडी, एक सय ८ समीका वृक्ष, एक सय ८ तुलसीका मठ, ॐकार कुण्ड, पाण्डव शयनशिला र विभिन्न देवी–देवताका मन्दिर यहाँ छन्।

 

दाङ उपत्यकाको अवलोकन धारापानीबाट गर्न सकिन्छ। पाण्डवेश्वरधाम धारापानीको पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्न गुरुयोजना तयार भएको छ।

गुरुयोजनाअनुसार हाल धामबाट करिब दुई किलोमिटर दक्षिणतर्फको डाँडामाथि सुनकोटडाँडासम्म सिँढी र मन्दिर निर्माण गर्न लागिएको छ बृहत् गुरुयोजनामा धारापानी वरपरको वनक्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब चार बिघा क्षेत्रफलमा नौका शयरका लागि ताल बनाउने, सुनकोटडाँडामा ३१ क्विन्टलको घण्ट निर्माण गर्ने योजना छ।

 

सुनकोटमा षड्केश्वरी भगवती मन्दिर पुनःनिर्माण गर्न थालिएको छ। धारापानीमा पञ्चधातुमिश्रित त्रिशूल निर्माण भएपछि पर्यटक बढीजसो आकर्षित भएका हुन्। पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले

भग्नावशेष अवस्थामा रहेको मन्दिरको संरक्षण गरेको छ।

तपाईको प्रतिक्रिया