
देउखुरी । राप्ती गाउँपालिका वडा नं.२ निवासी कृष्णा पोख्रेलले पहिलो पटक रक्तदान गर्नु भयो । रक्तदान गर्दा सुरुमा डर लागेको थियो अनुभव सुनाउदै पोख्रेलले भन्नु भयो ‘जीवनमा महत्वपूर्ण दान भनेको रक्तदान हो भन्ने लागेर रक्तदान गरे । मैले गरेको रक्तदानले कसैको जीवन रक्षा हुन्छ भने किन नगर्ने ? ’ उहाँले भन्नु भयो ।
पोख्रेल जस्तै पछिल्लो समय महिला रक्तदाताको संख्यामा समेत बृद्धि भएको छ । दाङको लालमटियामा बिहिबार भएको खुल्ला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । जसमा १७ जना महिलाले पहिलो पटक रक्तदान गरेका थिए ।

राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको आयोजना र लालमटिया बजार व्यवस्थापन समुहको सह आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमा ५० जनाले रक्तदान गरेको थिए भने १७ जना महिला रहेका थिए ।
राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको आयोजना र लालमटिया बजार व्यवस्थापन समुहको सह आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा राप्ती गाउँपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लमहीको प्राविधिक सहयोगमा रहेको थियो । रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख मनिषा चन्द, सिमा वलीले सेवा दिएका थिए ।

बिगतका दिनमा राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले भालुवाङमा रक्रदान कार्यक्रमको आयोजना गर्दै आएकोमा पहिलो पटक लालमटियामा आयोजना गरेको हो । एकै स्थानमा रक्रदान गर्नु भन्दा फरक फरक स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्दा नयाँ रक्तदाताको पहिचान हुने हुदा यस पटक लालमटियामा कार्यक्रमको आयोजना गरिएको राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष हरी खड्काले बताउनु भयो ।







तपाईको प्रतिक्रिया