
दाङ । लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पोख्रेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
पोख्रेल परिवारको निवास घोराही उपमहानगरपालिका १५ मा पुगेर मन्त्री ढकालले श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन तथा समाज रुपान्तरणमा अतुलनीय भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले पुर्याउनु भएको योगदानको सधैं स्मरण गरिने मन्त्री ढकालले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गर्नु भएको छ । मन्त्री ढकाल संगै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले समेत श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
पार्टी महासचिव शंकर पोख्रेलका दाजु पोख्रेलको कार्तिक २३ गते ७४ बर्षको उमेरमा निधन भएको थियो ।


तपाईको प्रतिक्रिया