अम्बिकेश्वरी मन्दिरमा सरसफाई

देउखुरी । कामना सेवा विकास बैंकको १८ औं बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सार्वजनिक स्थलमा सरसफाई गरिएको छ ।

 

घोराहीमा रहेको अम्बिकेश्वरी मन्दिर परिसर क्षेत्रमा सरसफाई गरिएको बैंकका घोराही शाखा प्रमुख सुवास अधिकारीले जानकारी दिनुभयो ।‘बार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । दाङमा भने हामिले सरसफाई कार्यक्रम राख्यौं’अधिकारीले भन्नुभयो,‘बैंकिङ सेवा मार्फत सेवामा सन्तुष्टी दिनेगरी कार्यसम्पादन गरिरहेका छौं ।’

बैंकले निक्षेप संकलन, कर्जा प्रवाह देखी बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया