दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको राजनीतिक सल्लाहकारमा बर्दिया गुलरिया नगरपालिका–४ का लक्ष्मणराज ज्ञवाली नियुक्त गरेका छन्।

एमाले बर्दिया इन्चार्ज र केन्द्रीय सदस्य ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्। स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादक लगायत विभित्र सामाजिक संघ संस्थामा काम गरिसकेका छन्।
पञ्चायत कालमा भूमिगत जीवन विताएका ज्ञवालीले ८ बर्ष जेल जीवन समेत विताएका थिए।
अनेरास्ववियूको केन्द्रिय सदस्य हुदै युवा संघको राजनीति गर्नु भएका ज्ञवालीले किसान र भूमि आन्दोलनलाई उचाईमा पु¥याउन योगदान रहेको छ। लुम्बिनी प्रदेशलाई सबैहिसावले सफल बनाउनेगरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने ज्ञवालीले बताए।

तपाईको प्रतिक्रिया