देउखुरीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देउखुरी । दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

लमही – भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका ५ सिसहनिया चोकदेखि करिब एक सय मिटर पश्चिम तर्फ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको । पश्चिमबाट पुर्व तर्फ जादै गरेको रा १ ख १९९८ नम्बरको टिप्पर र पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६५ प ६६३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी वर्ष २५ वर्षका मुगु जिल्ला स्वरू गाउँपालिका ६ का चित्रबहादुर शाहीको रहेका छन् । गम्भीर घाइते भएका शाहीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको चिकित्सकले बताएका छन् ।

टिप्पर र चालकलाई र्इलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो निमन्त्रणा लिएको छ ।

तपाईको प्रतिक्रिया