कालाकाटेमा सडक दुर्घटना पछि अवरुद्ध सडक ५ घण्टा पछि सुचारु

 

 

देउखुरी । रोकिरहेको बसलाई अर्को बसले ठक्कर दिंदा अबरुद्ध सडक करिब ५ घण्टा पछि सुचारु भएको छ । गढवा गाउँपालिका १ कालाकाटे नजिक धोद्रेमा दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ३ ख ७३९८ नम्बरको बस बिग्रिएर रोकिराखेको अवस्थामा काठमाडौंबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०–००१ ख १३६५ नम्बरको बसले गए राती करिब २ बजेको समयमा ठक्कर दिंदा राजमार्ग अबरूद्ध भएको थियो ।

अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ र अस्थाई प्रहरी चौकी कालाकाटेको सक्रियतामा डोजरको सहायतामा अबरुद्ध राजमार्ग सुचारू गरिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सामान्य घाइते भएका यात्रुहरूलाई भालुवाङमा सामान्य उपचारपछि घर पठाइएको छ । ठक्कर दिने बस चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया