
घोराही । गुरुकुल एकेडेमी दाङले निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको छ । बडादशै २०८१ को अवशर पारेर उक्त दिन सर्वसाधारणको लागि निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको हो ।
बडादशैको दिन सार्वजनिक सवारी साधन कम मात्रामा चल्ने र यात्रुको चाँप धेरै हुने जसले गर्दा यात्रुले सास्ति खेप्ने हुदा उक्त समस्या केहि मात्रामा समाधान हुने आशाका साथ र समाज संग गुरुकुल भन्ने नारा सहित बिद्यालयले सर्वसाधारणको लागि निःशुल्क रुपमा यातायात सेवा प्रदान गर्न लागेको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभएको छ ।
बडादशै अर्थात भाृली सनिवार गुरुकुल एकेडेमी घोराहीबाट ३ वटा बस संचालन हुने छन भने तुलसिपुरबाट २ वटा गरी जम्मा ५ वटा बसले निःशुल्क रुपमा सेवा दिने छन । गुरुकुल एकेडेमी घोराहीका बसहरु घोराहीको तुलसीपुर चोक देखि नाराएणपुर सम्म, तुलसीपुर चोक देखि गोग्लि सम्म र आर्मी ब्यारेक देखि दिपशिखा चोक सम्मको रुटमा चल्ने छन । यो रुटमा यात्रा गर्ने यात्रुहरुले निःशुल्क रुपमा सेवा लिन सक्ने विद्यालयले जनाएको छ ।
यसै गरी तुलसीपुरका बसहरु आँखा अस्पताल रक्षाचौर देखि शितलपुर सम्म र विद्युत कार्यालयदेखि दुधराससम्मको रुटमा बस चल्ने गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । दिँउसो १ बजे देखि साँझ ५ बजे सम्म बसहरु संचालन हुनेछन ।

तपाईको प्रतिक्रिया