दाङ । राप्ती गाउँपालिका वडा नम्बर १, भालुबाङमा रहेको समय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बिहिबार सहकारी संस्थाले जनता माध्यमिक विद्यालय कालाकाटे, आर्दश विद्यालय वनघुस्री र आदर्श प्राथमिक विद्यालय बडहरामा अध्ययनरत २०र२० जना विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयमै पुगेर शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले विद्यार्थीहरुलाई कपी, डट्पेन र पेन्सिल वितरण गरेको छ ।
सहकारी संस्थाका शिक्षा उपसमितिका संयोजक केशवराज खनालका अनुसार सामाजिक कोष अन्तर्गतको रकम सामाजिक क्षेत्रमै खर्च गरिएको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा उपाध्यक्ष गीरबहादुर पौडेल, कोषाध्यक्ष ऋषिराम आचार्य , शिक्षा उपसमितिका संयोजक केशवराज खनाल, लेखा संयोजक ठाकुर आचार्य, संचालक समिति सदस्य हिमाल एम.सी र व्यवस्थापक ढुण्डीराज भट्टराई तीन वटै विद्यालयमा पुगेका थिए ।
जनता मा.वि.कालाकाटेका प्रधानाध्यापक बासुदेव वेल्वासे, आ.वि. वनघुस्रीका शिक्षक अभिभावक संघका अध्यक्ष दिलबहादुर महतरा र आदर्श प्रा. वि.बडहराका प्रधानाध्यापक ओमबहादुर मगरले समय सहकारी संस्थालाई धन्यवाद ज्ञापन गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर महत्वपूर्ण सहयोग पुर्याएकोमा प्रशंसा गरेका थिए ।
यसका साथै संस्थाका व्यवस्थापक ढुण्डीराज भट्टराईले केही दिन भित्रै राप्ती गाउँपालिका भित्र रहेका थप केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया