एमाले राप्तीको अधिवेसन शुक्रबार, सम्पूर्ण तयारी पुरा

 

 

देउखुरी । नेकपा एमाले राप्ती गाउँपालिकाको दोस्रो गाउँ अधिवेसन शुक्रबार हुदैछ ।

शुक्रबार दिउँसो १२ बजे राप्ती गाउँपालिकाको सभाहलमा अधिवेसन आयोजना गरिएको लुम्बिनी प्रदेश कमिटि सदस्य जगत पोख्रेलले बताउनु भयो । अधिवेसन उद्घाटन कार्यक्रममा सहभागी हुन नेकपा एमाले प्रति आस्था राख्ने आम सर्वसाधारण, संगठित सदस्य, नेता कार्यकर्ता, जनवर्गीय संगठनका प्रमुख लगाएत सबैलाई सहभागी हुन आह्वान गरिएको छ ।

अधिवेसनको तयारी पुरा भएको र सहभागी हुन सबै पार्टीपंक्तिमा आह्वान गरिएको राप्ती गाउँपालिका कमिटिका अध्यक्ष मदन अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया