नेकपा एसका दाङ जिल्ला उपाध्यक्ष सहित तिनजना एमालेमा प्रवेश

 

 

देउखुरी । नेकपा एकीकृत समाजबादी परित्याग गरि तीन जना नेकपा एमालेमा प्रवेश गरेका छन ।

एकीकृत समाजबादी दाङ जिल्ला कमिटी उपाध्यक्ष बिष्णु गुरुङ, जिल्ला कमिटी सदस्य तथा राप्ती कमिटी सचिब लुम बहादुर गुरुङ, अनेमसंघ जिल्ला कमिटी सदस्य तथा राप्ती उपाध्यक्ष बेला नेपाली नेकपा एमालेमा प्रवेश गरेका हुन ।
सोमबार नेकपा नेकपा एमाले राप्ती गाउँ कमिटीले पार्टी कार्यालय मसुरियामा भएको एक कार्यक्रम गरि पार्टी प्रवेश गराएको हो । गाउँ कमिटी अध्यक्ष मदन अधिकारिको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्बाधार मन्त्री भुमेश्वर ढकालको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनि प्रदेश सरकारका कृषि मन्त्री दिनेश पन्थि, लुम्बिनि प्रदेश कमिटि सदस्य तथा राप्ती गाउँपालिका इन्चार्ज जगत पोख्रेल, दाङ जिल्ला कमिटि सदस्य धर्मराज अधिकारि, जिल्ला सल्लाहकार गोकर्ण राना लगायत पार्टिका जिम्मेवार नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो । कार्यक्रमको सहजीकरण गिरिराज पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया