लुम्बिनी सभाको ३३ औं बैठक बस्दै, यस्ता छन् कार्यसूची

देउखुरी । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको ३३ औं बैठक आज बस्दैछ ।

 

दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

सभामा प्रस्ताव पेश भएपछी प्रदेश मामिला तथा कानुन समितिमा पठाउनेगरी निर्णयार्थ प्रस्तुत गरिने जनाईएको छ ।

२०८० असारको २२ गते प्रदेश सभामा पेश भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणिकरण गर्नु भएको थियो ।

यस्तै बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची समेत रहेको छ ।

तपाईको प्रतिक्रिया