एक टेलिभिजन अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधेको छ ।

महासचिव घनश्याम भूसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् । प्रमुख सचेतक समेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेको थिए ।
चौधरीले उक्त अन्तर्वातामा लिपुलेख र कालापानी भारतको हो, उसको दावी पुग्ने जस्ता शब्द बोलेका थिए । ‘तपाईंले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दावी पुग्छ उसको, दावी पुग्छ, भारतले लिन पाउँछ, (कालापानी र लिपुलेक) भारतको हो नि भन्नुभएको रहेँछ’ स्पष्टीकरण पत्रमा भनिएको छ ।
चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ ।


तपाईको प्रतिक्रिया