अन्तरबिद्यालय बास्केट बल प्रतियोगितामा गुरुकुल ए प्रथम

घोराही । अन्तरविद्यालय बास्केटवल प्रतियोगितामा गुरुकल एकेडेमीको समूह ए प्रथम भएको छ । बिहिबार भएको फाईनल खेलमा गोरखा बोर्डिङलाई ६३ अंकका विरुद्द ६६ अंक लिएर गुरुकुल एकेडेमीको समूह ए प्रथम स्थान हासिल गर्न सफल भयको हो ।

 

गुरुकुल एकेडेमीको आयोजनामा अन्तरविद्यालय बास्केटवल प्रतियोगिता गत भाद्र १७ गतेबाट सुरु भएको थियो । फाईनल खेलमा गुरुकुल एकेडेमीका आदित्य थकालीले सबैभन्दा धेरै अंक प्राप्त गर्न सफल भएका छन भने मस्ट भ्यालुयबल प्लेयर पनि थकाली नै बनेका छन । यसै गरि राईजिङ स्टार गोरखा बोडिङका सुमन घर्ति मगर भएका छन ।

तेस्रो स्थानको लागि भएको पहिलो खेलमा गोरखा बोर्डि बि समुहले जित हात परेको छ । गुरुकुल एकेडेमी बि समुहलाई २१ का बिरुद्ध ४२ अंक लिएर गोरखा बोर्डिङ बि समुह दोस्रो रनर अप अर्थात तेस्रो स्थानमा पर्न सफल भएको हो ।

प्रतियोगितामा १० वटा विद्यालयबाट १० वटा समुहले भाग लिएका थिए । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने सबै खेलाडिलाई ट्रफि प्रदान गरिएको थियो भने विजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । विजेता टिम गुरुकुल एकेडेमी ए को प्रशिक्षक तथा प्रतियोगिता ब्यबस्थापनमा विद्यालयका संस्कार संयोजक तथा बास्केटबल प्रशिक्षक भुगोल मगर रहेका थिए । रेफ्रिमा प्रज्वलसिङ थापा, किरण महतरा, मोहन थापा, जेनिस रोका र भुगोल कँवर मगर रहेका थिए । गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षतामा एक औपचारीक कार्यक्रम गरी पुरस्कार बितरण गरीएको हो ।

बिद्यार्थीहरुलाई खेल क्षेत्रमा बिकसित गराउने तथा लोप हुँदै गयको महत्वपुर्ण खेल बास्केटबल लाई बचाई राख्न र संगसंगै शारिरिक फिट गराउने उद्वेश्यले प्रतियोगताको आयोजना गरियको गुरुकुल एकेडेमीका कल्चरल चिफ तथा बास्केटबल प्रशिक्षक भुगोल कँवर मगरले जानकारि दिए ।

कार्यक्रमका प्रमुख अतिथि खेलकुद बिकास समिति लुम्बिनि प्रदेश समितिका सदस्य सचिव समेत रहेका तिरणराज गौतमले बास्केटबल खेल प्रतिको मोह अझैपनि रहेको बताए । उनले यो खेललाई अगाडि बढाउन र खेलाडी उत्पादनमा टेवा पु¥याउने गरी प्रतियोगिता आयोजना गरेको भन्दै गुरुकुल एकेडेमीलाई धन्यबाद समेत प्रदान गरे ।

कार्यक्रममा बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसि, गोरखा बोर्डिङका प्रधानाध्यापक मानसिङ घर्तिले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । प्रतियोगिता सफल पार्न बिभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने सम्पुर्णलाई विद्यालयका अध्यक्ष ई अनन्तराजज घिमिरेले धन्यबाद समेत प्रदान गरे भने कार्यक्रमको संचालन आइएसए संयोजक इन्द्र कुमार पोख्रेलले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया