अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सुरु, प्रतियोगिताले केन्द्रिय स्तरका खेलाडी उत्पादन गर्नेमा सांसद खनालको जोड

 

 

दाङ । विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको बास्केटबल प्रतियोगिताको लुम्बिनि प्रदेशका पुर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सांसद राजु खनालले बललाई बास्केटमा हालेर उद्धघाटन गर्नुभएको हो ।

प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहनुभएको सांसद खनालले विद्यालय स्तरबाट नै यस्ता प्रतियोगिता हुदै जाने हो भने केन्द्रिय स्तरका खेलाडी उत्पादन हुनेमा जोड दिनुभएको हो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनुभएको हो । साथै उँहाले गुरुकुल एकेडेमीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताले पछिल्लो समय लोप हुदै गएको यो खेलको गरीमा बचाइराख्ने पनि बताउनुभयो ।

विद्यालय स्तरमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुमा बिभिन्न किसिमका कला जस्तै कुनै विद्यार्थी खेलकुदमा अगाडि हुने, कुनै नृत्य, गायन लगायतका बिधामा अगाडि हुने भएको हुदा जुन बिधामा अब्बल छ त्यहि बिधामा उसलाई अगाडि बढाउनु पर्नेमा पनि उँहाले जोड दिनुभयो ।

कार्यक्रममा दाङ जिल्ला बास्केटबल संघका अध्यक्ष विपिन केसि, उपाध्यक्ष प्रज्ववल शाह तथा बिभिन्न विद्यालयका प्रधानाध्यापकहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । विद्यार्थिहरुलाई खेल क्षेत्रमा बिकसित गराउने तथा लोप हुदै गएको बास्केटबल खेललाई बचाईराख्न साथै शारिरीक फिट राख्न यो कार्यक्रमको आयोजना गरीएको गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख तथा प्रतियोगिताका संयोजक भुगोल कँवर मगरले जानकारी दिनुभयो ।

गुरुकुल एकेडेमी घोराहीले २०८० सालबाट प्रतियोगिता सुरु गरेको हो । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा तथा विद्यालय संयोजक महेन्द्र पौडेलको स्वागत मन्तबयबाट शुरु भएको कार्यक्रमको संचालन आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेलले गर्नुभएको थियो । यस्तै सोमबारबाट सुरुभएको बास्केटबल प्रतियोगिताको उद्धघाटन खेल गुरुकुल ए र गोरखा बि समुह बिच खेल भएको थियो । जसमा गुरुकुल ए समुहले गोरखा बि समुहलाई ३९ अंकका बिरुद्ध ५७ अंक लिएर खेल जितेको थियो ।

यस्तै दोस्रो खेलमा गोरखा ए ले गुरुकुल बि लाई १० का बिरुद्ध ८० अंक लिएर खेल जितेको थियो यस्तै तेस्रो खेलमा जनज्योतिले गोरखा लमहीलाई २३ का बिरुद्ध ३२ लिएर खेल जितेको थियो । यस्तै चौथो खेल गुरुकुल बि समुह ले पद्यमोदयलाई २७ का बिरुद्ध २९ अंक लिएर जितेको हो । लिग चरणमा खेलाइएको प्रतियोगिता २० गते सम्म चल्ने छ ।

 

तपाईको प्रतिक्रिया