काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आइतबार साँझ एकीकृत समाजवादीका मन्त्रीहरु परिवर्तन गरेका छन्।

देउवाले एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन्।
नेकपा एकीकृत समाजवादीले जेठ २२ मा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । तर त्यसको २२ दिनपछि मात्र प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया