प्युठानको बुढादेबी बजारमा बाढी पस्याो, भालुबाङ्ग-प्युठान सडकखण्ड अवरुद्ध

प्युठान । भुस्बाङ खोलामा बाढी आउँदा प्युठान नगरपालिका- १०, को बुढादेवी बजारसहितको बस्ती डुवानमा परेको छ। स्थानीयका अनुसार अहिलेसम्म १२ घर डुबानमा परेका छन्।

 

प्राप्त विवरणअनुसार पुरानो गाविस भवनसहित स्थानीय पार्वती सुनार, डिलबहादुर सार्की, पार्वती सुनार,आत्माराम सुनार, डिल बहादुर सुनार, गीता नेपाली, गीता सुनार, कृष्णबहादुर केसी, राधा केसी, बोमबहादुर भण्डारीको कृषि फारम लगायत डुबानमा परेका छन्।

बाढीले केही घरहरू भत्किएको र कुखुरासहितका पशु चौपाया बगाएको छ। बस्तीमा बाढी पस्दा स्थानीयहरू त्रसित छन्। बस्तीमाथि सडक निर्माण गर्दा त्यसको असर तटीय क्षेत्रका बस्तीमा देखा परेको हो। यस्तै, ठाउँ-ठाउँमा पहिराे जाँदा प्युठान-भालुबाङ्ग सडकखण्ड अवरुद्ध भएको छ।

चकचके चेरनेटा सडकखण्डस्थित ठूलो खोलामा र हेडरेसमा लेदो बगेर बाटो अवरुद्ध भएको छ। उक्त बाटो सुचारु गर्नको लागि उपकरण परिचालन गरिएकाे छ।

 

तपाईको प्रतिक्रिया