
तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं.५ सिसहनियाँमा बुधबारदेखि व्यवसाय नविकरण तथा नयाँ दर्ता शिविर सुरु भएको छ।
सिसहनियाँ उद्योग वाणिज्य संघको समन्वयमा राप्ती गाउँपालिकाद्वारा व्यवसाय नविकरण तथा नयाँ दर्ता शिविर सुरु गरिएको हो।
बुधबार देखी ३ दिन सम्म शिविर सञ्चालन हुने राप्ती गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो।
शिविरको पहिलो दिन ६५ वटा व्यवसाय नविकरण भएको छ भने सो बाट १ लाख ३४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै उद्योग, व्यवसाय नविकरण गर्दा सिसहनियाँ उद्योग वाणिज्य संघको सदस्यता समेत नविकरण गर्नुपर्ने भएकाले सिसहनियाँ उद्योग वाणिज्य संघको सदस्यता प्रमाण पत्र, राप्ती गाउँपालिकामा व्यवसाय दर्ता गर्दाको प्रमाणपत्र समेत अनिवार्य रुपमा ल्याई समयमै आ आफ्नो उद्योग, व्यवसायको नविकरण गर्न सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकीले सबै उद्योगी व्यावसायीहरुलाई आग्रह गर्नुभएको छ।
शिविरमा उद्योग वाणिज्य संघको सहजीकरण आन्तरिक राजश्व कार्यालय तुलसीपुरबाट हुने प्यान नवीकरण समेत हुने संघका अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया