पछिल्लो समय नेपाली खानाका परिकारमा अलगै पहिचान बनाएको होटल पौवाका चार वटा शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अति उत्तम प्रमाणित गरेको छ ।

बाँकेको नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट आएको टोलीले होटल पौवाको निरिक्षण गरी दाङको देउखुरीस्थित भालुवाङ शाखालाई अती उत्तम प्रमाणित गरेको होटल पौवा भालुवाङका म्यानेजर श्याम न्यौपानेले बताए । भालुवाङसहित कपिलवस्तुस्थित कार्यालयबाट गोरुसिंगे शाखा, रुपन्देही कार्यालयबाट बुटवलस्थित योगीकुटी र भैरहवास्थित शाखालाई अति उत्तम प्रमाणित गरिएको होटल पौवाले जनाएको छ ।
पौवाका बाण्ड प्रमख विष्णु भण्डारीले चार वटै शाखामा चेकजाँचपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अति उत्तम प्रमाणित गरी प्रमाणपत्र प्रदान गरेको बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले होटल तथा रेस्टुरेन्टहरुका खाना गुणस्तरीय, स्वस्थवर्द्धक भए नभएको, तेलको प्रयोग के कस्तो, लेबल कस्तो, किचन सरसफाइमा ध्यान दिएको वा नदिएकोलगायतका विषयमा चेकजाँच गरेर प्रमाणपत्र दिदै आएको छ ।
भण्डारीले हरेक शाखामा नेपाली खानाका परिकारलाई प्राथमिकताका साथ गुणस्तरमा ध्यान दिँदै बनाइरहेको र नेपाली संस्कृति संरक्षणमा समेत विशेष ध्यान दिएर ती पर्वअनुसारका खानाका परिकार बनाइरहेको जानकारी दिए ।
‘हामीले यसै पनि सबै शाखाको गुणस्तर, सरसफाइलगायतका विषयमा प्रमुख ध्यान दिएका हुन्छौं नै । त्यसमाथि सरकारी नियामक निकायबाटै अति उत्तम प्रमाणित हुनु सकारात्मक हो’, उनले भने, ‘आगामी दिनमा यस विषयमा यसअघिका प्रतिबद्धतालाई ध्यान दिँदै अगाडि बढ्नेछौं ।’
२०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका विभिन्न स्थानमा १३ वटा शाखा सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया