देउखुरी । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट माथि आजदेखि छलफल सुरू हुँदैछ।

प्रदेशसभाको १४ औं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८१\०८२ को राजश्व र व्यायको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।
त्यसपछि बैठकमा बजेटमाथि छलफल सुरू हुने जनाइएको छ। यस्तै, आजको बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले महालेखा परीक्षकको छैठौं बार्षिक प्रतिवेदन, २०८१ सभामा पेश गर्ने कार्यसूची रहेको छ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१\०८२ का लागि ३८ अर्ब ९७ करोड ९५ लाख रुपयाँ बजेट छुट्याएको छ। यसमध्ये चालूतर्फ ११ अर्ब २५ करोड अर्थात २८ प्रतिशत र पूँजीगततर्फ २४ अर्ब ५८ करोड अर्थात् ६३ प्रतिशत छुट्याइएको छ।
वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड अर्थात् ८ प्रतिशत बजेट विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया